काठमाडौं– गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लोपटक कास्कीका १६ जना र बाग्लुङका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले जानकारी दिए।
योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८१२ जना पुगको छ।
