बिहीबार, भदौ ११, २०८३

सेनाको हेलिकप्टरबाट गर्भवतीकाे उद्धार

अछाममा एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

अछाम- अछाममा एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

अत्यधिक रक्तश्राव भएकी रामारोशन गाउँपालिका–७ की ३५ वर्षीया नामसरा भण्डारीको हेलिकप्टर मार्फत् उद्धार गरी सुर्खेत पठाइएको हो।

बुधबार बिहान सुत्केरी व्यथा लागेर वडाको स्वास्थ्य चौकीमा लगेकोमा अध्यधिक रक्तश्राव भएपछि सुर्खेत पठाइएको गाउपालिका अध्यक्ष झंकर साउदले जानकारी दिए।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् उद्धार गरेर सुर्खेत पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाउ उपाध्यायले बताए।

मंगलबार राति कैलाश खोलामा आएको बाढीले बेपत्ता पारेकाहरुको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर सो क्षेत्रमा गएको थियो।

प्रकाशित: Aug 19, 2020| 18:07 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।