बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्मतीमा कूल संक्रमितको संख्या साढे तीन हजार नाघ्यो, निको हुने २० प्रतिशत मात्रै

बाग्मतीमा कूल संक्रमितको संख्या साढे तीन हजार नाघ्यो, निको हुने २० प्रतिशत मात्रै

बाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या साढे तीन हजार नाघेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले आज सार्वजनिक तथ्यांक अनुसार बाग्मतीमा कूल संक्रमितको संख्या तीन हजार ५७४ छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं- बाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या साढे तीन हजार नाघेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बाग्मतीमा आज थप २०९ जनामा कोरोना संक्रमण देखिएसँगै कूल संक्रमितको संख्या तीन हजार ५७४ पुगेको हो।

तीमध्ये काठमाडौंमा सबैभन्दा बढी एक हजार ९७९ संक्रमित छन्। संक्रमितका आधारमा दोस्रो स्थानको ललितपुरमा ३४९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशभर कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ७२४ मात्रै छ, जुन बाग्मतीका कूल संक्रमित संख्याको २०.३ प्रतिशत हो।

प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेकाले उपचाररत बिरामीको संख्या निको हुनेको तुलनामा बढी देखिएको मन्त्रालयले जारी दैनिक प्रतिवेदनमा उल्लेख छ।

प्रदेशभर दुई हजार ८२६ जना कोरोना संक्रमित उपचार गराइरहेका छन्।

जिल्लागत आधारमा कोरोना संक्रमितको विवरण

काठमाडौं-१९७९
ललितपुर- ३४९
भक्तपुर- १७०
रसुवा- १३
नुवाकोट- ७२
धादिङ- १६७
चितवन- २९०
सिन्धुली- ५३
मकवानपुर- २२७
रामेछाप- ५४
दोलखा- २७
काभ्रे- ८५
सिन्धुपाल्चोक- ८८

 

प्रकाशित: Aug 19, 2020| 19:39 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।