बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित प्रहरीको सेवासुविधा उच्च प्राथमिकतामा

कोरोना संक्रमित प्रहरीको सेवासुविधा उच्च प्राथमिकतामा

नेपाल प्रहरीले कोभिड–१९ बिमा पोलिसी लागू हुनुअघि संक्रमित प्रहरी कर्मचारीको सेवासुविधालाई उच्च प्राथमिकता दिने भएको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– नेपाल प्रहरीले कोभिड–१९ बिमा पोलिसी लागू हुनुअघि संक्रमित प्रहरी कर्मचारीको सेवासुविधालाई उच्च प्राथमिकता दिने भएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले विज्ञप्ति जारी गरी संक्रमित प्रहरीलाई प्रधान कार्यालयबाट उचित निर्णय लिइने प्रस्ट पारेका हुन्।

आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य र नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णयबमोजिम राष्ट्र सेवक कर्मचारीका लागि बिमा कम्पनीसँग बिमा लेख गर्ने सम्बन्धमा बिमा समितिले प्रहरीलाई २१ साउनमा जानकारी गराएको थियो।

सोही आधारमा प्रहरी प्रधान कार्यालयले २९ साउनमा नेपाल प्रहरीमा रुजु हाजिर रहेका सबै प्रहरी कर्मचारीको एक लाखसम्मको कोरोना बिमा राष्ट्रिय बिमा कम्पनीमा गराएको विज्ञप्तिमा उल्लेख छ।

बिमा कम्पनीको नीतिअनुरुप बिमा गराएको १५ दिनपछि मात्र कोरोना बिमा लागू हुनेछ।

‘कोभिड–१९ का कारण सृजित विषम परिस्थितिमा कार्यरत सबै प्रहरी कर्मचारीप्रति प्रहरी प्रधान कार्यालय जवाफदेही र संवेदनशील छ,’ विज्ञप्तिमा भनिएको छ।

राष्ट्र र नागरिकको पवित्र सेवा र सुरक्षाका खातिर अझ बढी संयमता र उच्च सतर्कताका साथ कार्यरत रहन सबै प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ।

कोभिड–१९ प्रतिकार्य र व्यवस्थापनमा अग्रपंक्तिमा रहने कर्मचारीमा भाइरसको उच्च संक्रमण जोखिममा रहेकाले स्वास्थ्य सुरक्षा र मनोवल समेतलाई ध्यानमा राखी पहिलो बिमक कार्यालयका रुपमा नेपाल प्रहरीले सबै प्रहरी कर्मचारीको बिमा सम्झौता गरेको हो।

प्रकाशित: Aug 19, 2020| 19:00 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।