सोमबार, असार २९, २०८३

फुटबलर अभिषेक रिजाल भारतीय क्लबमा अनुबन्ध

नेपाली राष्ट्रिय फुटबल टिमका स्टार अभिषेक रिजाल भारतीय बी डिभिजनको मोहम्मेदन स्पोर्टिङ क्लबमा अनुबन्ध भएका छन्। उनी तीन वर्षका लागि सो क्लबमा अनुबन्ध भएका हुन्।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका स्टार अभिषेक रिजाल भारतीय बी डिभिजनको मोहम्मेदन स्पोर्टिङ क्लबमा अनुबन्ध भएका छन्। उनी तीन वर्षका लागि सो क्लबमा अनुबन्ध भएका हुन्।

फरवार्ड रिजालले मछिन्द्र क्लबबाट गत सिजनको ए डिभिजन लिग खेल्न सुरु गरेका थिए। तर, केही समयपछि नै उनी माल्दिभ्सको क्लबमा अुनबन्धन भए। माल्दिभ्सबाट फर्किएर मनाङबाट मोफसलका खेल सुरु गरेका रिजाललाई पूर्वक्लब मछिन्द्रले विमति व्यक्त गरेपछि उनले खेल्न पाएका थिएनन्।

अहिले उनी भारतीय क्लबमा आबद्ध भएपछि क्लबले बधाई दिएको छ। अभिषेक रिजाल भारतको बी डिभिजन क्लब मोहम्मदेन स्पोर्टिङ क्लबमा अनुबन्ध भएका छन्। नयाँ एडभेन्चरका लागि उनलाई बधाई र शुभकामना,” क्लबले फेसबुक पेजमा लेखेको छ।

अर्को वर्ष हुने विश्वकप क्वालिफायर र एसिया कप क्वालिफायरका लागि प्रारम्भिक टोलीमा परेका रिजाल एएफसी कपमा गोल गर्ने पहिलो नेपाली खेलाडीसमेत हुन्।

उनले मलेसियाविरुद्धको सब्स्टिच्युड खेलाडीको रुपमा अन्तर्राष्ट्रिय खेलाडीको रुपमा डेब्यू गरेका थिए भने त्यसपछिको चाइनिज ताइपेइविरुद्ध पहिलो रोजाइका खेलाडीका रुपमा सहभागी बनेका थिए।

रिजालले नेपाल पुलिस क्लब, मनाङ मर्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लबबाट खेलिसकेका छन्। उनी सन् २०७५ सालमा इमर्जिङ प्लेयर अफ द इयर घोषित भएका थिए।

प्रकाशित: Aug 19, 2020| 18:53 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।