बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छोरालाई निद्रा नपर्दा जोगियो मीनबहादुरको परिवार, बाढीमा १८ जना बगे

छोरालाई निद्रा नपर्दा जोगियो मीनबहादुरको परिवार, बाढीमा १८ जना बगे

मंगलबार राति कैलाश खोलामा आएको बाढीले अछामको रामारोशन गाउँपालिका–५ सैनीबजार बगाएको छ। बजारसँगै मीनबहादुरको सुन पसल पनि बगेको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

अछाम- मीनबहादुर सुनार बेलुकीको खाना खाएर सुतिसकेका थिए। रातिको करिब साढे १० बजेको थियो। त्यो दिन मीनबहादुरको ६ जनाको परिवार त्यही थियो।

५ जना सुतिसकेका थिए। एउटा छोरा भने नसुतेर मोबाइल चलाएर बसेका थिए। उनै छोरा नसुतेका कारणले मीनबहादुरको ६ जानको परिवारको ज्यान जोगिएको छ।

मंगलबार राति कैलाश खोलामा आएको बाढीले अछामको रामारोशन गाउँपालिका–५ सैनीबजार बगाएको छ। बजारसँगै मीनबहादुरको सुन पसल पनि बगेको छ।

छिमेकी धनादेबी साउदको होटलमा पानी पसेको हल्ला मीनबहादुरको छोराले सुनेपछि सुतिरहेका सबैलाई हतार हतार उठाए।

‘हामी सबै सुतिसकेका थियौँ, छिमेकीको पसलमा पानी पसेपछि भएको हल्ला सुनेर छोरो करायो’, मीनबहादुरले भने, ‘हत्तपत्त ब्यूझिँदा त आफ्नो पसलमा पनि दुई फिट जति पानी पुगिसकेको थियो।’

‘हल्लाखल्ला सुन्नासाथै सबै भागेर ज्यान जोगायौँ।’ मीनबहादुरले भने। मुसलधारे पानी परिरहेका बेला पसलभन्दा केहीमाथि रहेको मीनबहादुर शाहको घरमा पुगेर ज्यान जोगाएको उनले बताए।

पानी पसेको हल्ला गर्ने धना देबीसहित दुई परिवारका सात जनालेसमेत त्यहीँ गएरमा गएर ज्यान जोगाएका छन्।
‘एक जोर लुगा लगाउन थालेको भए पनि सायद बाढीमा बगिन्थ्यो होला’ मंगलबार रातिको त्यो कहालीलाग्दो दृश्य सम्झिँदै मीनबहादुरले भने, ‘पसलमा रहेको नगद, गरगहना र अरु सामान सबै बगे पनि भाग्यले सपरिवारको ज्यान जोगियो।’

लामो समयदेखि सैनीबजारमा सुन व्यापार गर्दै आएका मीनबहादुर छिमेकीले दिएको एकसरो लुगासहित ६ जनाको परिवार बोकेर बुधबार खाली हात बान्नीगढी जयगढ गाउँपालिका–२ जनालीकोट फर्किँदैछन्।

अचानक कैलाश खोलामा आएको बाढीले सैनीबजारका १८ वटा पसल पुरै बगाएर बगरमा परिणत गरेको छ।

रातिको समय प्राय सबै सुतिसकेको बेला बाढी आएकाले ठूलो मानवीय क्षति भएको मीनबहादुरले बताए।

उनका छिमकी नन्दसिंह साउदको सात जनाको परिवार पुरै बगेको छ। नन्दबहादुरसहित पत्नी गंगा, छोरी कविता बुढा साउद, छोरा नविन, रुपेश, नातिनी प्राप्ति र बीमा तथा बुहारी जोगालाई बाढीले बगाएको छ।

उनको होटलमा अरु दुई पाहुनासमेत बगेको बुझिएको छ। जसमध्ये नविनको शव भेटिएको छ।

स्थानीय पुष्प विष्टले बाढीले अहिलेसम्म १८ जनालाई बगाएको खुलेको जानकारी दिए। होटलमा अरु पाहुनासमेत बसेको हुनसक्ने भएकाले मानवीय क्षतिको एकिन नै हुन नसकेको बिष्टले बताए। विष्टका अनुसार सैनी बजारको कुनै रुप रेखा बाँकी छैन।

कैलाश खोलाको किनारैकिनार रहेको रामारोशन जोड्ने सडकको अधिकांश भाग बगेको उनले जानकारी दिए।
१७ जना वेपत्ता भएकोमा ७ जनाको शव भेटिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। उनीहरु सबैको परिचय खुलेको छ।

शव भेटिएकामध्ये २ जनाको मात्र सनाखत भएको छ। एक नवीन र अर्का गौरी शाह छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्।

प्रकाशित: Aug 19, 2020| 17:20 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।