नुवाकोटको बेलकोटगढी नगरपालिका-५, दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सातजनालाई पक्राउ गरेको छ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीलाई सूचना–प्रविधिसँग जोड्ने उद्देश्यले सरकारले आर्थिक वर्ष ०७२–०७३ मै अघि बढाएको अप्टिकल फाइबर बिछ्याउने काम हालसम्म एक चौथाइ पनि पूरा भएको छैन।