शनिबार, असोज ३, २०८३

सुनको मूल्य तोलामा २०० रुपैयाँ घट्यो

लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा सोमबार पनि झिनो ह्रास देखिएको छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं– लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा सोमबार पनि झिनो ह्रास देखिएको छ। छापावाला सुन तोलामा २०० रुपैयाँले घटेको छ।

आइतबार प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको छापावाला सुन सोमबार भने तोलामा ९१ हजार ६०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। 

यस्तै तेजाबी सुन आइतबार तोलामा ९१  हजार ३०० मा कारोवार भएकामा सोमबारका लागि भने ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। तोलामा एक हजार २३० मा कारोबार हुनेछ। 

प्रकाशित: Jan 18, 2021| 06:38 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्