शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • जनप्रतिनिधिकै अगुवाइमा बस्तीमा डोजर चलाउँदा सर्वसाधारणको बिचल्ली

जनप्रतिनिधिकै अगुवाइमा बस्तीमा डोजर चलाउँदा सर्वसाधारणको बिचल्ली

वीरगन्ज महानगरपालिकाले वडा नम्बर २१ को परवानीपुर उत्तरतर्फ ६ लेन सडक किनारास्थित दलित बस्तीमा उपद्रो मच्चाएको छ।
 |  सोमबार, माघ ५, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

सोमबार, माघ ५, २०७७

vianetvianet

पर्सा– पर्सा र बारामा यतिबेला शीतलहरले जनजीवन प्रभावित छ। सर्वसाधारणलाई चिसोबाट बचाउन राज्यका निकाय तल्लीन हुनुपर्नेमा जनप्रतिनिधि नै विपन्न बस्तीमा डोजर चलाउन सक्रिय छन्। 

triton college

वीरगन्ज महानगरपालिकाले पछिल्लोपटक वडा नम्बर २१ को परवानीपुर उत्तरतर्फ ६ लेन सडक किनारास्थित दलित बस्तीमा उपद्रो मच्चाएको छ। बस्ती उजाड बनेपछि सर्वसाधारण बिचल्लीमा परेका छन्। 

घर भत्काइदिएपछि बस्तीका १२ घरपरिवार खुला आकाशमुनि रात कटाउन बाध्य भएका हुन्‌। 

सडक मिचिएकै थिएन

वीरगन्ज–पथलैया ६ लेन सडकको २५÷२५ मिटरबाहिर रेल्वेको पुरानो जग्गामा बस्दै आएका दलित परिवार आइतबारदेखि घरबारविहीन छन्। 

National life insurance

पीडित सर्वसाधारण वीरगन्ज महानगरपालिका–२१ का वडाध्यक्ष हविव मियाका कारण आफूहरुको बिचल्ली भएको बताउँछन्।  राजहंस घिउ तथा मैदा उद्योगका सञ्चालकको इसारामा वडाध्यक्ष मिया सर्वसाधारणमाथि खनिएको उनीहरूको आरोप छ। 

उद्योगअगाडिको सडक चौडा पार्न उद्योगीसँग मिलेर मियाले विपन्न सर्वसाधारणको छाप्रो भत्काइदिएको पीडितहरूले बताए।

सानालाई ऐन, ठूलालाई चैन

पीडितले सीमित सर्वसाधारणलाई मात्र निसानामा पार्न नहुने बताएका छन्। रेल्वेको सार्वजनिक जग्गाबाट सबैलाई हटाउनुपर्ने माग उनीहरुको छ।

‘सबैलाई हटाउने हो भने हामी पनि हट्छौं, तर वडाध्यक्षको घरचाहिँ जोगाउनु भएन,’ पीडित कोपिला देवीले भनिन्, ’प्रहरी प्रशासनले वडाध्यक्षको अगुवाइमा उद्योगअगाडिका सर्वसाधारणका मात्र छाप्रो भत्काइएको छ।’ 

भात खाइरहेका बेला पाँच मिनेटभित्रै घरको अन्न लत्ताकपडासमेत भताभुंग पारिदिएको गुनासो उनको छ। 

स्थानीय प्रशासनले ६ महिनाअघि घर खाली गर्न सूचना जारी गरेको थियो। तर, त्यसयता केही भनिएको थिएन। 

चार दशकदेखि सोही ठाउँमा बस्दै आएका स्थानीय रामदेव रामले भने, ‘एकै पटक यो शीतलहरका बेला खुला सडकमा आइपुग्यौं, हाम्रो के दोष थियो? सरकार त हिंस्रकहरुको पो रहेछ।’

उद्योगको कम्पाउन्ड बढाइदिन गरिबको घर उजाड बनाइदिन नमिल्ने अशोक रामले बताए। आफ्नो घर नभत्काइदिन अनुनय गर्दा उल्टै आक्रमण भएको उनको भनाइ छ।

उनले भने, ‘यो हिंस्रक टोलीसामु कसैको जोड चलेन, बढी नबोल्न भन्दै टोलीमा आएका सुरक्षाकर्मी र वडाध्यक्षका बाउन्सरले झापट हान्दा मेरो आँखा झन्डै फुटेको।’

आफूहरूलाई उचित ठाउँमा स्थानान्तरण गरेर मात्र हटाउनुपर्ने स्थानीय बताउँछन्। ‘एउटा उद्योगी र वडाध्यक्षको हितका लागि हामी मर्नु र बाँच्नुको दोसाँधमा जीवन बिताउन बाध्य हुन्नौं’, अर्की पीडित गिरिजादेवी रामले भनिन् । 

खाना खाँदै गरेका पाहुनालाई समेत निस्कन नदिई एक्कासि घरमा डोजर लगाइदिएको मुन्नीदेवीले बताइन्।

‘वडाध्यक्षले अन्याय नै गरे’

जनता समाजवादी पार्टीका स्थानीय नेता राधाकृष्ण साह रौनियारले वडाध्यक्ष मियाले गरिबमाथि अन्याय गरेको बताए।

अर्का स्थानीय नेता राजदेव पासवानले पनि रेल्वेको जग्गामा बसेका स्थानीयलाई हटाउने हो भने परवानीपुर चोकदेखि राजहंस घिउ तथा मैदा उद्योगसम्म हटाउने ल्याकत वडाध्यक्षले गर्नुपर्ने तर्क गरे। 

वडाध्यक्ष मियाले भने आफूलाई सर्वसाधारण र स्थानीयले आरोप मात्र लगाएको बताए। सार्वजनिक जग्गा खाली गराउँदा आफूमाथि उल्टो आरोप आएको उनको भनाइ छ।

प्रकाशित: Jan 18, 2021| 05:22 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।