शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एसियाली खेलकुदको उद्घाटन समारोहमा नेपालका लागि चन्द्रबहादुर र मानमति झण्डा बोक्ने

एसियाली खेलकुदको उद्घाटन समारोहमा नेपालका लागि चन्द्रबहादुर र मानमति झण्डा बोक्ने

 |  शनिबार, असोज ३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०८३

काठमाडौं- जापानमा हुने २०औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा आयोजित मार्चपास्टमा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमति विष्टले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन्।

चन्द्रबहादुर थापा दुबईमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका खेलाडी हुन्।

त्यस्तै, मानमति विष्ट चीनमा भएको १९औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले ऐतिहासिक कांस्य पदक जित्दा टोलीकी महत्वपूर्ण सदस्य थिइन्।

जापानमा हुने २०औँ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी तथा अधिकारीको टोलीले उद्घाटन समारोहको मार्चपास्टमा सहभागिता जनाउनेछ। एशियाली खेलकुदको उद्घाटन समारोह नेपाली समय अनुसार आज दिउसो साढे २ बजेदेखि शुरु हुदैछ।

प्रकाशित: Sep 19, 2026| 06:31 शनिबार, असोज ३, २०८३
प्रतिक्रिया दिनुहोस्