शनिबार, असार २७, २०८३

युनाइटेड र लिभरपुलको बराबरी

लिभरपुलको एनफिल्ड मैदानमा सम्पन्न खेलमा घरेलु टोली पाहुना टिम युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपीएल)को गएराति सम्पन्न खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेको छ।

लिभरपुलको एनफिल्ड मैदानमा सम्पन्न खेलमा घरेलु टोली पाहुना टिम युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो।

लिगको शीर्षस्थानमा रहेको युनाइटेड जितका साथ दोस्रो स्थानको लिभरपुलसँग अंक दूरी बढाउन चाहन्थ्यो।

यता लिभरपुल भने युनाइटेडलाई हराउँदै शीर्षस्थानमा पुग्न चाहन्थ्यो। तर, सात वर्षपछि पहिलोपटक शीर्षस्थानमा पुगेको युनाइटेडलाई हराउन लिभरपुल असमर्थ रह्यो।

गएरातिको बराबरीसँगै युनाइटेड ३७ अंक बनाएर शीर्षस्थानमा छ भने लिभरपुल ३४ अंकका साथ चौथो स्थानमा घटुवा भएको छ।

गएरातिको खेलका साथै लिभरपुलले लगातार तीन खेलमा गोल गर्न सकेको छैन। यो २००५ पछिकै खराब अवस्था हो।

त्यस्तै लिभरपुलले एनफिल्डमा भएका पछिल्ला पाँच सिजनका तीन खेलमा युनाइटेडविरुद्ध गोलरहित बराबरी गरेको छ।

यता म्यानचेस्टर युनाइटेड भने पछिल्ला १६ अवे खेलमा पराजित भएको छैन।

प्रकाशित: Jan 18, 2021| 01:10 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।