आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुसी राष्ट्रपति पुटिनका आलोचक अलेक्सी विमानस्थलबाटै समातिए

रुसी राष्ट्रपति पुटिनका आलोचक अलेक्सी विमानस्थलबाटै समातिए

 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक अलेक्सी नाभाल्नी जर्मनीबाट रुस पुगेलगत्तै पक्राउ परेका छन्। 

National life

नाभाल्नीलाई रुसको शेरेमेटिभो विमानस्थलबाट नियन्त्रणमा लिइएको हो। उनलाई स्वागत गर्न विमानस्थलमा हजारौंको संख्यामा भीड लागे पनि विमानलाई पहिले निश्चित गरिएको विमानस्थलमा अवतरण गर्न दिइएन। 

राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीमाथि पाँच महिनाअघि स्नायु एजेन्ट आक्रमण भएको थियो। उनले आक्रमणको लागि रसियन अधिकारीहरु जिम्मेवार रहेको बताएका थिए। तर, रुसले भने सबै आरोपलाई अस्वीकार गर्दै आएको छ। 

रसियन अधिकारीले नाभाल्नीका आरोपलाई अस्वीकार गरे पनि खोज पत्रकारहरुले बाहिर ल्याएका रिपोर्टले भने नाभाल्नीको दाबीलाई पुष्टि गरेका थिए। 

युरोपियन युनियन, फ्रान्स र इटालीले नाभाल्नी पक्राउको विरोध गरेका छन्। अलेक्सी नाभाल्नीलाई तत्काल छोड्न उनीहरुको आग्रह छ। 

त्यस्तै, अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि नाभाल्नीको पक्राउलाई मानव अधिकारको उल्लंघन भनेका छन्। नाभाल्नीलाई ठगीको आरोपमा पक्राउ गरिएको हो। तर, नाभाल्नीले भने पक्राउ राजनीतिक उद्देश्यले प्ररित रहेको बताएका छन्।

प्रकाशित: Jan 18, 2021| 02:31 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।