सप्तरी– सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सकरदही टोलमा सोमबार बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ।
कंकालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट सल्किएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिए।
आगलागीबाट खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिब २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले बताए।
स्थानीयवासी, दमकल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले आगो निभाएका थिए। रासस