सोमबार, चैत २, २०८२

उपाधि उचाल्नबाट चुक्यो बार्सिलोना, मेस्सीलाई रातो कार्ड

सुपरकोपा डी स्पानाको फाइनलमा क्याटलोनियन टिम बार्सिलोना पराजित भएको छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं – सुपरकोपा डी स्पानाको फाइनलमा क्याटलोनियन टिम बार्सिलोना पराजित भएको छ।

National life

बार्सिलोनाको दुई गोलका विरुद्ध एथ्लेटिक क्लबले तीन गोल गरेपछि बार्सिलोनाले सुपरकोपाको उपाधि गुमाएको हो।

बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे। उनले खेलको ४० औं मिनेटमा गोल गरेर बार्सिलोनालाई अग्रता दिए पनि एथ्लेटिकका ओस्कार डी मार्कोसले ४२ औं मिनेटमा गोल गर्दै बराबरी गरे।

त्यस्तै ग्रिजम्यानले नै ७७ औं मिनेटमा बनाएको अग्रता एथ्लेटिकका अइसर विलैब्रेले अन्तिम मिनेटमा तोडे।

दोस्रोपटक पनि बराबरी भएपछि खेलमा अतिरिक्त ३० मिनेट थप गरिएको थियो। अतिरिक्त समयको तेस्रो मिनेटमा इनाकी विलिमयम्सले गोल गर्दै एथ्लेटिकका क्लबलाई जित दिलाए।

Laxmi sunrise bank
kumari

तर, अतिरिक्त समयको अन्तिम मिनेटमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले एथ्लेटिकका विलैब्रेलेमाथि प्रहार गरेर मैदानमा लडाएको भीएआरबाट प्रमाणित भएपछि उनले रातो कार्ड पाए।

मेस्सीले बार्सिलोनाको करिअरमा पहिलोपटक रातो कार्ड पाएका हुन्। उनले बार्सिलोनाबाट ७५३ खेल खेलेका छन्।

यसअघि मेस्सीले अर्जेन्टिनाबाट खेल्दा दुईपटक रातो कार्ड पाएका थिए। २००५ को हंगेरिविरुद्ध डेब्यू खेलमा र २०१९ को कोपा अमेरिकामा। यसबाहेक उनको मैदान यात्रा सफा थियो।

साथै अब उनी घरेलु प्रतियोगिताका केही खेलका लागि प्रतिबन्धमा पर्न सक्ने छन्।
 

प्रकाशित: Jan 18, 2021| 02:01 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।