आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुसमा विपक्षी नेता पक्राउपछि पश्चिमा मुलुकद्वारा निन्दा

रुसमा विपक्षी नेता पक्राउपछि पश्चिमा मुलुकद्वारा निन्दा

राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचक अलेक्सी नाभाल्नीलाई रुस पुग्नेबित्तिकै गिरफ्तार गरिएको छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं – राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचक अलेक्सी नाभाल्नीलाई रुस पुग्नेबित्तिकै गिरफ्तार गरिएको छ।

National life

विश्वका नेताहरुले उनको गिरफ्तारीको निन्दा गरेका छन्। अमेरिकाले नाभाल्नीलाई गिरफ्तार गरी रुसले विपक्षीको आवाज दबाउन खोजेको आरोप लगाएको छ। 

विपक्षी नेता नाभाल्नीलाई मास्को एयरपोर्टबाट गिरफ्तार गरिएको हो। उनी जर्मनीमा केही महिनाको उपचारपछि स्वदेश फर्किएका थिए।

नाभाल्नी राष्ट्रपति पुटिनको कडा आलोचक मानिन्छन्। गत अगस्त २० मा विमानयात्राका क्रममा अकस्मात् बिरामी परेका नाभाल्नी केही समयदेखि उपचार गराइरहेका थिए।

अमेरिका, युरोपेली संघ, क्यानडा लगायतका पश्चिमा मुलुकले नाभाल्नीलाई तकाल रिहा गर्न रुससँग माग गरेका छन्। 

यस्तै मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले पनि नाभाल्नी पक्राउको निन्दा गरेको छ। एमनेस्टीले भनेको छ, ‘रुसी सरकारले नाभाल्नीको आवाज दबाउन अनेक अभियान चलाइरहेको छ।’

युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले ट्विट गर्दै नाभाल्नीको गिरफ्तारी अस्वीकार्य रहेको बताएका छन्। यस्तै फ्रान्सको विदेश मन्त्रालयले पनि नाभाल्नीको गिरफ्तारी हुनु गम्भीर चिन्ताको विषय भएको जनाएको छ। 

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जोन बाइडेनका सुरक्षा सल्लाहकार जेक सुलिवानले भनेका छन्, ‘नाभाल्नीलाई तत्काल रिहा गर्नुपर्छ। उनीमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्नुपर्छ।’

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि यस घटनाको कडा निन्दा गरेका छन्। उनले भनेको छन्, ‘रुसी सरकारले आलोचना गर्ने आवाज दबाउने यो ताजा प्रयास हो।’

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखरोवाले फेसबुकमा विदेशी नेताहरूलाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न र आफ्नो देशको समस्या समाधान गर्न आग्रह गरेकी छन्।

समाचार एजेन्सी एपीका अनुसार ४४ वर्षीय नाभाल्नीलाई बर्लिनबाट मस्को पुग्नेबित्तिकै त्यहाँका बर्दीधारी सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका थिए। त्यसपछि उनले आफ्नी पत्नीलाई अंकमाल गरे। अनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर गयो। 

नाभाल्नीका समर्थकहरुले उनलाई मस्को विमानस्थल नजिकै एक प्रहरी स्टेसनमा राखिएको बताएका छन्।

नाभाल्नीका वकिल ओल्गा मिखाइलोबाले उनलाई बिना कारण हिरासतमा लिएको बताएका छन्। उनले भनेका छन्, यो जे भएको छ कानुनविपरीत छ।’

रुसको एफएसआईएन जेल सेवाका अधिकारीले विज्ञप्तिमार्फत नाभाल्नीलाई जेल सजाय उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिइएको दाबी गरेका छन्।

उनलाई अदालतको आदेशपछि रिहा गरिने विज्ञप्तिमा उल्लेख छ। प्रहरी हिरासतमा जानुपूर्व नाभाल्नीले पत्रकारसँग भने, ‘म डराएको छैन। मलाई थाहा छ, म सही छ। यो त मेराविरुद्ध नियोजित रुपमा आपराधिक घटना देखाइएको छ।’ एएफपी

प्रकाशित: Jan 18, 2021| 06:23 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।