शनिबार, भदौ २०, २०८३

भारतमा कोरोना भ्याक्सिन लगाउने सयौंलाई साइड इफेक्ट

भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका सयौं मानिसमा साइड इफेक्ट देखिएको छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं– भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका सयौं मानिसमा साइड इफेक्ट देखिएको छ। तीन दिनअघि (शनिबार) देखि त्यहाँ भ्याक्सिन लगाउन सुरु गरिएको छ। 

पहिलो दिन करिब १ लाख ९१ हजार जनालाई भ्याक्सिन दिइएको छ। भ्याक्सिन लगाइएका केही ठाउँबाट साइड इफेक्टका खबरहरु आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

हिजो आइतबार केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर दुई दिनमा झन्डै ४५० वटा साइड इफेक्टका केस आएको जानकारी दिएको छ। रेकर्डमा नआएका अन्य सयौं केस भएको अनुमान गरिएको छ। 

सिकायत गर्नेमध्ये अधिकांशले सामान्य साइड इफेक्ट भएको बताएको अधिकारीहरुले जानकारी दिएका छन्। तीन जनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको छ। धेरैजसोमा ज्वरो, टाउको दुख्ने र जिउ जिलाउने समस्या देखिएको छ। 

भारतमा विश्वकै ठूलो खोप अभियान सुरु भएको छ। १ अर्ब ३० करोडलाई भ्याक्सिन दिनुपर्नेमा पहिलो चरणमा जुलाईसम्ममा ३० करोडलाई दिने भारत सरकारको योजना छ। 

भारतले प्रयोगमा ल्याएका भ्याक्सिन एस्ट्राजेनिकाले स्थानीय साझेदारी सिरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन हुन्।

सिरम इन्स्टिच्युटले भारतमा आफूले उत्पादन गरेको खोप व्यक्ति र संस्थालाई पनि बेच्ने गरी अनुमति पाएको छ। सिरमको खोपको मूल्य भारु १००० तोकिएको छ। 

भारतमा कोरोना भाइरसको संक्रमणबाट एक लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।
 

प्रकाशित: Jan 18, 2021| 00:09 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।