शनिबार, असार २७, २०८३

भिडालको गोलमा मिलानसँग युभेन्टस‍् पराजित

इन्टरले सिरी ए मा युभेन्टस‍्लाई २०१६ पछि पहिलोपटक हराएको हो।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं – साविक विजेता युभेन्टस् इटालियन शीर्ष लिग सिरी ए मा पराजित भएको छ।

आइतबार राति सान सिरो मैदानमा सम्पन्न खेलमा घरेलु टिम इन्टर मिलानले युभेन्टस‍्लाई २–० गोल अन्तरले हराएको हो।

इन्टरको जितका लागि अर्थुरो भिडाल र निकोलो ब्यारेलाले समान १\१ गोल गरे।

खेलको १२ औं मिनेटमा निकोलो ब्यारेलाले दिएको पासको उपयोग गर्दै भिडालले सुरुआती अग्रता बनाएका थिए।

त्यस्तै, बास्टोनीको पासलाई ब्यारेलाले ५२ औं मिनेटमा गोलमा बदलेका थिए। यससँगै २–० गोलले अघि रहेको इन्टरले सोही नतिजाका साथ खेल जित्यो।

यता खेलको १० मिनेट अगावै रोनाल्डोले गरेको गोल अफसाइडको शिकार भएपछि युभेन्टस् सुरुआती अग्रता बनाउनबाट चुकेको थियो।
पराजयसँगै युभेन्टस् अंक तालिकाको पाँचौं स्थानमा छ भने जितसँगै मिलान दोस्रो स्थानमा छ।

इन्टरले सिरी ए मा युभेन्टस‍्लाई २०१६ पछि पहिलोपटक हराएको हो।

प्रकाशित: Jan 18, 2021| 02:26 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।