शनिबार, असार २७, २०८३

लगातार पाँचौं जितसहित सिटी ईपीएलको दोस्रो स्थानमा

लगातार पाँचौ जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग (ईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं – लगातार पाँचौ जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग (ईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ।

आइतबार राति सम्पन्न खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४–० गोलले हराउँदै दोस्रो स्थानमा कब्जा जमाएको हो।

सिटीका लागि दुई गोल गरेका स्टोन्स खेलका नायक रहे। उनले केभिन डि ब्रुनको पासमा २६ औं मिनेटमा र दोस्रो हाफको ६८ औं मिनेटमा गोल गरे।

पहिलो हाफमा १–० अग्रता बनाएको सिटीका लागि स्टोन्सबाहेक लिके गुन्डोगन र रहिम स्टार्लिङले समान १/१ गोल गरे।

खेलको ५६ औं मिनेटमा गुन्डोगन र ८८ औं मिनेटमा स्टार्लिङले गोल गर्दै जितलाई ४–० गोलको फराकिलो अन्तरमा पुर्‍याए।

जारी सिजनमा खराब अवस्थाबाट गुज्रिएको सिटी आइतबार रातिको जितसँगै दोस्रो स्थानमा उक्लिएको छ। उसले लिभरपुललाई दुई अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो।

तर, तेस्रो स्थानको लेस्टर सिटीको समान ३५ अंक भए पनि गोलअन्तरका आधारमा सिटीभन्दा पछि छ।

युनाइटेड ३७ अंकका साथ शीर्षस्थानमा छ। यता पराजित क्रिस्टल प्यालेस भने १३ औं स्थानमा छ।

प्रकाशित: Jan 18, 2021| 01:17 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।