शनिबार, असार २७, २०८३

पीएम कप क्रिकेट : गण्डकीलाई प्रदेश १ को १०३ रनको लक्ष्य

राजधानीको मूलपानीस्थित माथिल्लो मैदानमा भइरहेको खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं – प्रधानमन्त्री (पीएम) कप क्रिकेटअन्तर्गत सोमबार दुई खेल भइरहेका छन्।

राजधानीको मूलपानीस्थित माथिल्लो मैदानमा भइरहेको खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले २७ ओभर चार बलमा पूरा विकेट गुमाएर १०२ रन बनाएको थियो।

कप्तान सिद्धान्त लोहनीले २४ रन बनाएका थिए भने मिनास थापाले २२ रन जोडेका थिए। त्यस्तै, दीपक पासवानले ११ र शुवांकर उरावले १२ रन जोडेका थिए।

गण्डकीका लागि विशाल पौडेल र सुवास भण्डारीले समान चारचार विकेट लिएका  थिए भने विपिन खत्रीले दुई विकेट लिए।

समूह ए का प्रदेश १ र गण्डकी प्रदेश समान १–१ खेलमा सहभागी बने पनि अंकतालिकामा खाता खोल्न सकेका छैनन्।

त्रिविस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बाग्मती र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भइरहेको छ।
 

प्रकाशित: Jan 18, 2021| 05:27 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।