पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अन्तिम प्रयासमा जुटेको छ। सोमबार संसदीय बैठक बसेको कांग्रेसले हस्ताक्षर अभियान समेत थालेको छ।
जाजरकोटमा करिव ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ। चार दिनको अवधिमा ७१ रोपनीमा लगाइएको अफिम खेति नष्ट गरेको जाजरकोटका डिएसपी मधुकुमार थापाले बताए।
म्यानमारको नामलाई दुई फग्लेटा बनाएर ‘म्यान’ ‘मार’ भन्ने र अगिल्लो शब्दको अंग्रेजी र पछिल्लो शब्दको नेपालीमा अर्थ लाउने हो भने अहिले त्यो देश मानव बधशालामा रूपान्तरित भएको छ।
आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ। फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको...
सभामुखबाहेक एमाले एकतिर र अन्य तीन दल अर्कातिर हुँदा सांसदको संख्या १९-१९ हुन पुग्छ। बराबर सांसद भएको खण्डमा सभामुखले निर्णायक मत दिन पाउने कानुनी व्यवस्था छ। यसरी एमालेले अब कर्णालीमा...
सेयर रकम फिर्ता नभएको र सोही रकमबाट अहिले बस खरिद गरेर सञ्चालन गर्ने योजना बनाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीको प्रस्ताव रोकेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय सभामा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा आफूलाई कारबाही गरिएको भनेर सन्तोष गर्न पाइने तर आफूमाथि गरिएको कारबाहीले आफूलाई कुनै असर नगरेको उल्लेख गरेका हुन्।