शनिबार, असोज १०, २०८३

निक्षेपको तुलनामा कर्जा वृद्धि उच्च 

फागुनसम्ममा पनि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप वृद्धिको तुलनामा कर्जा लगानी बढाएका छन्। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं- फागुनसम्ममा पनि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप वृद्धिको तुलनामा कर्जा लगानी बढाएका छन्। 

कोभिडको प्रभावका कारण लामो समय लगानी बढाउन नपाएका बैंकहरु कोभिड प्रभाव कम हुनेवित्तिकै व्यवसाय विस्तारमा आक्रामक भएका हुन्। फागुनसम्ममा बैंकहरुमा निक्षेप ११ प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी भने १७.४ प्रतिशतले वृद्धि भएको छ। 

फागुनमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतिको अंश क्रमशः ८.४ प्रतिशत, ३४.४ प्रतिशत र ४८.६ प्रतिशत रहेको छ। यसैगरी बैंकहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। 

फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २८.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १३.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १०.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १५.२ प्रतिशतले बढेको छ।

बैंकहरुको कर्जामध्ये आवधिक कर्जा १७.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १९.१ प्रतिशतले, डिमान्ड तथा चालू पूँजी कर्जा १७.३ प्रतिशतले, रियल स्टेट कर्जा ७.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ६१.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३०.३ प्रतिशतले बढेको छ। हायर पर्चेज कर्जा ४.६ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: Apr 12, 2021| 13:47 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्