आइतबार, भदौ १४, २०८३

दोलखामा जिप दुर्घटना, चारजनाको मृत्यु

दोलखामा गयराति जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। 
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं – दोलखामा गयराति जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। बिगु गाउँपालिका–४, सिँगटीमा भएको दुर्घटनामा अन्य १७ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा बिगु–३, सिंगटीका ४५ वर्षीया अजिता खत्री,  ३५ वर्षीय विनोद केसी, २४ वर्षीया चन्दिका थापा र ५२ वर्षीया राधा खड्का रहेको दोलखा प्रहरीले जनाएको छ। घाइतेमध्ये गम्भीर अवस्थाका १० जनाको काठमाडौंमा र अन्यको चरिकोट तथा धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। 

सिंगटीबाट लादुकतर्फ लागेको बागमती प्रदेश ०१-०२३ च ७५८० नम्बरको जीप सोमबार राति साढे १० बजे दुर्घटना भएको हो। जीप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Apr 13, 2021| 02:12 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।