आइतबार, भदौ १४, २०८३

अझै केही दिन तुवाँलोको असर कायमै रहने

देशभर लागेको डढेलोले देशका अधिकांश भागमा तुवाँलो लागेको छ। 
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं – देशभर लागेको डढेलोले देशका अधिकांश भागमा तुवाँलो लागेको छ। 

तुवाँलोको कारण आकाश धुम्म छ। घाम पनि राम्रोसँग लाग्न नपाउँदा देशका विभिन्न ठाउँमा चिसो महसुस गरिएको छ। 

तुवाँलोका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समेत समस्या देखिने जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

विभागका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव छ।

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ।  पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङ्सहित क्षणिक वर्षाको सम्भावना पनि रहेको विभागको भनाइ छ।

प्रकाशित: Apr 13, 2021| 01:25 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।