आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तत्काल शिक्षण संस्था बन्द नगरिने, जनस्वास्थ्यका नयाँ मापदण्ड ल्याइँदै

तत्काल शिक्षण संस्था बन्द नगरिने, जनस्वास्थ्यका नयाँ मापदण्ड ल्याइँदै

कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिए पनि सरकारले तत्काल शिक्षण संस्था बन्द नगर्ने भएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं-  कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिए पनि सरकारले तत्काल शिक्षण संस्था बन्द नगर्ने भएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोनाको दोस्रो लहरका सन्दर्भमा जनस्वास्थ्यका नयाँ मापदण्ड सार्वजनिक गर्ने तर शिक्षण संस्था बन्द नगर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कोरोनाको दोस्रो लहरसँगै स्वास्थ्य जोखिम बढेपछि सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्न लागेको ती मन्त्रीले बताए। कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भने कोरोना अति प्रभावित क्षेत्रमा शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको थियो ।

ती मन्त्रीका अनुसार सरकारले कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न नयाँ मापदण्डबारे जनतालाई सार्वजनिक रुपमा अपिल गर्ने भएको छ। 

नयाँ मापदण्डमा सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने  विषय पनि समावेश छन्।

प्रकाशित: Apr 12, 2021| 17:49 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।