आइतबार, भदौ १४, २०८३

७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट

जाजरकोटमा करिव ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ। चार दिनको अवधिमा ७१ रोपनीमा लगाइएको अफिम खेति नष्ट गरेको जाजरकोटका डिएसपी मधुकुमार थापाले बताए।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

सुर्खेत - जाजरकोटमा करिव ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ। चार दिनको अवधिमा ७१ रोपनीमा लगाइएको अफिम खेति नष्ट गरेको जाजरकोटका डिएसपी मधुकुमार थापाले बताए।

नलगाड नगरपालिका वडा नम्बर २ देखि ६ सम्मका विभिन्न बस्तीमा लगाइएको अफिम खेती नष्ट गरिएको हो।

प्रहरीका अनुसार वडा नम्बर २ नहकुलीमा ४ रोपनी, वडा नम्बर ३ को काँक्रीमेलामा २५ रोपनी, डिम्रेनिमा साढे ८ रोपनी, द्वारेमा ८ रोपनी वडा नम्बर ६ भारगाँउमा आधा रोपनी, सिर्पाचौरमा ७ रोपनी, किटालेकमा साढे ६ रोपनी, गर्छेनामा साढे ११ रोपनी गरेर कूल ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेति नष्ट गरिएको हो। 

वडामा अफिम खेति गरिएको सूचनाका आधाङ्गा इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी नायव निरीक्षक शरदप्रसाद पाण्डेको नेतृत्वको टोलिले अफिम खेति नष्ट गर्ने अभियान थालेको थियो।

प्रकाशित: Apr 13, 2021| 00:49 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।