आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद्‍मा एमसीसी रोकेको भन्दै सभामुखप्रति प्रधानमन्त्रीको तीव्र आक्रोश

संसद्‍मा एमसीसी रोकेको भन्दै सभामुखप्रति प्रधानमन्त्रीको तीव्र आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीको प्रस्ताव रोकेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय सभामा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीको प्रस्ताव संसद्‍मा रोकेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय सभामा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। 

'प्रतिनिधि सभालाई बन्धक बनाइएको छ। पहिलो दिन पेस गर्नुपर्ने अध्यादेश सभामुखले पेस गर्न दिनुभएन। एमसिसीमा निर्णय गर्न संसद्‍मा प्रस्तुत गरेका छौँ। सभामुखले निर्णयार्थ पेस गर्नुहुन्न,' सभामुख सापकोटामाथि प्रधानमन्त्री ओलीले आक्रोश पोखे, 'सभामुखको कुनै मर्यादा हुँदैन? सरकारले पेस गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई हुन्छ? उहाँहरूलाई कानुनको मतलब छैन।'

एमसीसी पास गर्ने विषयमा कांग्रेसले पनि सरकारलाई सहयोग नगरेको भन्दै उनले आक्रोश पोखेका थिए। 'नेपाली कांग्रेस एक शब्द बोल्न सक्छ? मुखमा पानी हालेर किन बसेको? किन बोल्दैन? किनभने त्यहाँ साँठगाँठ खोजिरहनु भएको छ उहाँहरू। भर्‍याङ चढेर सरकारमा पुग्न खोजिरहनुभएको छ। कांग्रेस र माओवादीको सरकार बनाउन साँठगाठ खोजिरहनुभएको छ।' 

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले आफूमाथि गरिएको कारबाही किर्नाले भैँसी खाएजस्तै भएको बताए। किर्नाले भैँसी खान नसक्ने भन्दै उनले आफूलाई गरिएको कारबाही पनि त्यस्तै भएको टिप्पणी गरेका हुन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले केपी शर्मा ओलीलगायतका नेताहरूलाई कारबाही गरेको थियो।

आफूलाई कारबाही गरिएको भनेर सन्तोष गर्न पाइने तर कारबाहीले आफूलाई कुनै असर नगर्ने उनको भनाइ छ। 

'किर्नाले भैँसी खाँदैन? खान्छ नि। किर्नाले भैसीँ खान्छ नि देख्नु भा छ कि छैन। हो यिनीहरूले हामीलाई गरेको कारबाही त्यस्तै हो,'  उनले भने, 'कति खान्छ? भैँसी खायो खायो खायो। अघायो खुत्रुक्क झर्यो।'

उनले आफूमाथि कारबाही गर्नेहरू पनि सकिने चेतावनी दिएका थिए। 

प्रकाशित: Apr 12, 2021| 13:59 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।