आइतबार, भदौ १४, २०८३

हामीलाई गरेको कारबाही किर्नाले भैँसी खाएजस्तै : ओली

सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा आफूलाई कारबाही गरिएको भनेर सन्तोष गर्न पाइने तर आफूमाथि गरिएको कारबाहीले आफूलाई कुनै असर नगरेको उल्लेख गरेका हुन्। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई गरिएको कारबाही किर्नाले भैँसी खाएजस्तै भएको बताएका छन्। किर्नाले भैँसी खान नसक्ने भन्दै उनले आफूलाई गरिएको कारबाही पनि त्यस्तै भएको टिप्पणी गरेका हुन्। 

सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा आफूलाई कारबाही गरिएको भनेर सन्तोष गर्न पाइने तर आफूमाथि गरिएको कारबाहीले आफूलाई कुनै असर नगरेको उल्लेख गरेका हुन्। 

'किर्नाले भैँसी खाँदैन? खान्छ नि। किर्नाले भैसीँ खान्छ नि देख्नु भा छ कि छैन। हो यिनीहरूले हामीलाई गरेको कारबाही त्यस्तै हो,'  उनले भने, 'कति खान्छ? भैँसी खायो खायो खायो। अघायो खुत्रुक्क झर्योा।'

उनले आफूमाथि कारबाही गर्नेहरू पनि सकिने चेतावनी दिएका थिए। 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले केपी शर्मा ओलीलगायतका नेताहरूलाई कारबाही गरेको थियो।

प्रकाशित: Apr 12, 2021| 13:38 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।