शनिबार, फागुन ३०, २०८२

एपीएफ सेमिफाइनलमा प्रवेश

सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं  विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

विराटनगर – सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं  विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो। 

National life

दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा नेपाल प्रहरी पछि पर्‍यो । खेलको ४६औं मिनेटमा एपीएफका मणि लामा र ९०औं मिनेटमा सुमन लामाले गोल गरि टिमको जित सुनिश्चित गरेका थिए। खेलको ४६औं मिनेटमा एपीएफका मणिले पुलिसका खेलाडीले किलियर गरेको बलललाई गोलमा परिणत गरि अग्रता दिलाएका थिए। 

पहिलो हाफ प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो। प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा पहिलो हाफसम्म दुवै टिमले गोलरहित खेल खेले।

खेलको १९औं मिनेटमा एपीएफका मनी लामाले डिबक्स बाहिरदेखि गरेको प्रहार बाहिरिँदा थप गोल गर्ने अवसर खेर गयो। खेलको ३९औं मिनेटमा प्रहरीका सुमन लामलो पेनाल्टी एरियादेखि गरेको प्रहार पोष्टमाथिबाट बाहिरिँदा बराबारी हुनबाट चुक्यो। 

खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। 

Laxmi sunrise bank
kumari

मंगलबार साँझ संकटा र अफ्रिकन रुट्सबिच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Apr 13, 2021| 01:30 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।