शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सहकारी बैंकद्वारा गत आर्थिक वर्षको संरक्षित पुँजी बाँडफाँट

सहकारी बैंकद्वारा गत आर्थिक वर्षको संरक्षित पुँजी बाँडफाँट

राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७६/०७७ को संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट गरेको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं- राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७६/०७७ को संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट गरेको छ।

बैंकले सोमबार सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधानअनुसार आफ्ना १२ हजार ४६ सदस्य सहकारी संघ/संस्थालाई संरक्षित पुँजी फिर्ता कोषबाट वितरण गरिने रकम सम्बन्धित खातावालाको खातामा नै  राखिदिने व्यवस्था मिलाएको जनाएको छ। बैंकले बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको हो।

बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले ४३ लाखसम्म र कर्जा तर्फ १२ लाख १८ हजारसम्म प्राप्त गरेका छन्। त्यस्तै बैंकका अनुसार ५० हजार रुपैयाँभन्दा बढी संरक्षित पुँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरु ५२२ रहेका छन्।

यसअघि बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुलाई आ.व. २०७६/०७७ को लागि बैंकको १७ औं साधारण सभाबाट पारित गरी १५ प्रतिशत लाभांश वितरण गरिसकेको छ।

बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पुँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघ/संस्थाहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहकारी बैंकमा कारोबार गरी संरक्षित पुँजी फिर्ता कोषबाट लाभ लिन अनुरोध समेत गरेको छ।

प्रकाशित: Apr 12, 2021| 13:56 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्