शुक्रबार, असार २६, २०८३

समसनको बिस्फोटक सतकका बाबजुद राजस्थान पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी १४औं संस्करणमा राजस्थान रोयल्स पराजित भएको छ।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी १४औं संस्करणमा राजस्थान रोयल्स पराजित भएको छ। राजस्थानका सन्जु समसनले पहिलो सतक प्रहार गरेका थिए। पञ्जाब किंग्सका बलरको सामना गरेका समसनले बिस्फोटक ब्याटिङ गर्दै ६३ बलमा ११९ रन जोडे।

उनको उत्कृष्ट खेलका बाबजुद पनि राजस्थान सोमबार रातिको खेलमा चार रनले पराजित भयो।

मुम्बई रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा २२१ रन बनाएको थियो। २२२ रनको लक्ष्य पछ्याएको राजस्थान पुरा ओभरमा सात विकेट गुमाएर २१७ रनमा समेटिएपछि उसले लिगमा पहिलो हार बेहोरेको हो।

पञ्जाबका कप्तान के एल राहुलले १२ बाउन्ड्रिसहित ९१ रन बनाए। त्यस्तै दिपक हुडाले ६४ रन बनाउँदा क्रिस गेलले ४० रन जोडे। यसबाहेक अन्य खेलाडीले सम्झानलायक प्रदर्शन गरेनन्।

राजस्थानका चेतन सकरियले तीन विकेट गिराए भने क्रिस मोरिसले दुई र रियन परागले एक विकेट झारे।

जवाफी ब्याटिङमा समसन बाहेक जस बटलर र रियन पराजले समान २५–२५ रन बनाए। शिवम् दुवेले २३ रन जोडे। पञ्जाबका अर्शदिप सिंहले तीन किवेट लिँदा मोहम्मन शामीले दुई विकेट लिए। एक विकेट लिनेमा रिकार्डसन र मेरेडिथ रहे।

यो जितसँगै पञ्जाबले दुई अंक जोडेको छ।

प्रकाशित: Apr 13, 2021| 00:43 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।