बुधबार राती दुर्घटना हुँदा गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा नेपाल नेसनल अस्पताल कलङ्कीमा बिहीबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७–०७८ देखि प्राविधिक धार सञ्चालन गर्न अनुदान छनोटमा परेका स्थानीय तह र विद्यालयको सूची सार्वजनिक गरेको छ।
कोरोना संक्रमण प्रदेशका जिल्लाहरुमा पनि क्रमशः फैलने क्रममा छ। जिल्लास्तरमा पनि संक्रमण बढ्दै गएपछि मैले जिल्ला समन्वय समितिका प्रमुख र जिल्ला अस्पतालका प्रमुखसँग भर्चुअल मिटिङ गरेँ।
गत वर्ष सरकारी आश्वासन पाएर पनि जोखिम भत्ताबाट वञ्चित सुरक्षाकर्मी अहिले पनि अग्रपंक्तिमा खटिएका छन्। राज्यले भत्ता नदिए पनि आफूहरू दायित्वबाट नपन्छिने उनीहरूको भनाइ छ।