धनगढी - कञ्चनपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। महाकाली अस्पतालमा उपचाररत दोधारा-चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको राती साढे १२ बजे र भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको राती १ बजे मृत्यु भएको महाकाली अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए।
२१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएको र उनमा ब्लड क्यान्सरको समस्यासँगै कोरोना पोजेटिभ देखिएको डा. रोकायाले बताए।
भारतबाट आएका ३० वर्षीय युवकमा कडा खालको निमोनिया देखा परेको डा. रोकायाले बताए। योसँगै कञ्चनपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।