शुक्रबार, भदौ १२, २०८३

सल्यानमा कोरोनाबाट थप एक जनाको मृत्यु

सल्यानमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

सल्यानमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ। जिल्लाको शिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

केही दिनअघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएका उनी होम आइशोलेसनमा बसेका थिए। स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले भने, ‘गएराति श्वासप्रस्वासमा समस्या भएपछि राति करिब सवा ८ बजे अस्पतालमा ल्याएको थिए। हामीले अक्सिजन दिँदादिँदै उनको मृत्यु भयो।’

उनीसँगैै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिका निवासी दुई जना पुरुषको ज्यान गइसकेको अस्पतालले जनाएको छ।

प्रकाशित: Apr 29, 2021| 05:46 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।