धनगढी - कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भिमदत्त नगरपालिकाका–८ की अन्दाजी ३५ वर्षीया नीरा भट्टको रुखबाट लडेर मृत्यु भएको हो।
आज विहान गाईवस्तुका लागि घाँस काट्न गएकी भट्टको रुखबाट लडेल घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।