शुक्रबार, भदौ १२, २०८३

मोरङमा एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु

मोरङमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा, सुनसरी र सिरहाका छन्।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

विराटनगर– मोरङमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा, सुनसरी र सिरहाका छन्।  

झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको बिहीबार बिहान ६ बजेतिर विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि वैशाख ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएका मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या रहेको कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताए। 

नोबेल शिक्षण अस्पताल विराटनगरमा भर्ना गरिएका सिरहाको गोलबजार–१२ का ४८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। भर्ना गरिएको दुई घण्टा पनि पुग्न नपाउँदै उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

उनका अनुसार राति १२ः२२ बजेतिर सङ्क्रमितको मृत्यु भएको हो। उनलाई उपचारका लागि बुधबार राति १०ः३० बजेतिर अस्पताल ल्याइएको थियो। दाहालका अनुसार मृतकमा निमोनियाको पुरानै समस्या थियो। 

उता बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति १०ः४० बजेतिर मृत्यु भएको छ। उपचारका लागि विराटमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको विराटका कोभिड–१९ अस्पताल इन्चार्ज सुनिल देवले बताए।

देवका अनुसार मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो।  उपचारका लागि आइसोलेसनमा भर्ना गर्न नपाउँदै वृद्धा महिलाको मृत्यु भएको उनले बताए। 


 

प्रकाशित: Apr 29, 2021| 05:22 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।