मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • शिक्षा/स्वास्थ्य
  • अनुदान छनोटमा परेका प्राविधिक विद्यालयको सूची सार्वजनिक, पूर्वाधार नपुगे अनुदान रोक्ने केन्द्रको चेतावनी 

अनुदान छनोटमा परेका प्राविधिक विद्यालयको सूची सार्वजनिक, पूर्वाधार नपुगे अनुदान रोक्ने केन्द्रको चेतावनी 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७–०७८ देखि प्राविधिक धार सञ्चालन गर्न अनुदान छनोटमा परेका स्थानीय तह र विद्यालयको सूची सार्वजनिक गरेको छ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७–०७८ देखि प्राविधिक धार सञ्चालन गर्न अनुदान छनोटमा परेका स्थानीय तह र विद्यालयको सूची सार्वजनिक गरेको छ।

अनुदानका लागि छनोटमा परेका विद्यालयले कक्षा सञ्चालनको अनुमति सम्बन्धित स्थानीय तहबाट लिनुपर्ने, शैक्षिक सत्र २०७७–०७८ मा छनोटमा परेका र कोभिड १९ का कारण गत वर्ष कक्षा सञ्चालन नगरेका विद्यालयले यस शैक्षिक सत्रबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्नुपर्ने सर्त तोकिएको छ। 

यस्तै एउटा कक्षामा अधिकतम ४८ विद्यार्थी हुनुपर्ने, सम्बन्धित विषयमा अध्यापन गराउने विद्यालयले माध्यमिक शिक्षक तृतीय श्रेणीसरहको प्रशिक्षक एक जना र निम्न माध्यमिक तृतीय श्रेणीको शिक्षकसरहको सहायक प्रशिक्षक हुनुपर्नेछ।

साथै एक जनालाई सम्बन्धित स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा अनुमति लिई प्रचिलत कानुनअनुसार अस्थायी करार शिक्षक नियुक्ति प्रक्रिया पुर्‍याई नियुक्त गरेको हुनुपर्नेछ।

प्रशिक्षकका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक र सहायक प्रशिक्षकका हकमा सम्बन्धित विषयमा डिप्लोमा र प्राविधिक तथा व्यावसायिक धारबाट कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ। 

केन्द्रले प्रदेश एकका १०, प्रदेश दुईबाट ५, प्रदेश बागमती प्रदेशबाट सात, गण्डकी प्रदेशमा ६ वटा, पाँच नम्बर प्रदेशमा ६, कर्णाली प्रदेशका तीन सुदूरपश्चिमका सात विद्यालयलाई प्राविधिक धार सञ्चालनका लागि अनुमति दिएको छ। 

केन्द्रले तोकेको पूर्वाधार नपुगे र पाठ्यक्रमले तोकेबमोजिमको पठनपाठन नभएको पाइएमा जुनसुकै समयमा अनुदान रोक्न सक्ने केन्द्रले जनाएको छ।
 

प्रकाशित: Apr 29, 2021| 07:20 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्