शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनमोर्चाका नेताले सीडीओलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल

जनमोर्चाका नेताले सीडीओलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल

अस्पतालमा उपचाररत आफ्नोे पार्टीका सांसदलाई भेट्न नदिएपछि राष्ट्रिय जनमोर्चाका एक नेताले कास्कीका प्रमुख जिल्ला अधिकारीसँग आक्रोश पोखेका छन्। 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

पोखरा– अस्पतालमा उपचाररत आफ्नोे पार्टीका सांसदलाई भेट्न नदिएपछि राष्ट्रिय जनमोर्चाका एक नेताले कास्कीका प्रमुख जिल्ला अधिकारीसँग आक्रोश पोखेका छन्। 

गण्डकी प्रदेशसभाका सदस्य खिमविक्रम शाहीको अपहरण गरिएको, कसैसँग भेट्न नदिएको र सुरक्षा दिन नसकेको जनमोर्चाका प्रदेश अध्यक्ष शंकर बरालले कास्कीका सीडीओ थानेश्वर गौतमसँग रिस पोखेका हुन्।

बरालले सीडीओलाई थर्काएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ‘एमालेको राज्य हो यो ? राज्यमा मान्छे छैनन् ? कसको प्रतिनिधि भएर बसेको छस् तँ सीडीओ ? मार्ने सिरिन्ज लगाएर राख्ने अर्काको सांसदलाई ? तेरो काम हो यो सबै,’ उनले फोनमा सीडीओलाई थर्काएका छन्। जनमोर्चाका सांसद शाही पोखरा नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा छन्।

कोरोना पोजेटिभ भएको भन्दै बुधबार मध्यान्हदेखि उनलाई अस्पतालमा राखिएको हो। प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा बुधबार मतदान हुने कार्यसूची थियो। तर, सांसद शाही अचानक बेपत्ता भए। पछि उनी अस्पतालमा रहेको थाहा पाएपछि पार्टी प्रदेश अध्यक्ष बराल त्यहाँ पुगेका थिए।

प्रकाशित: Apr 29, 2021| 06:29 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।