बिहीबार, वैशाख ६, २०८१

भारतबाट चोरबाटो हुँदै आउनेलाई रोकेका छौं

कोरोना संक्रमण प्रदेशका जिल्लाहरुमा पनि क्रमशः फैलने क्रममा छ। जिल्लास्तरमा पनि संक्रमण बढ्दै गएपछि मैले जिल्ला समन्वय समितिका प्रमुख र जिल्ला अस्पतालका प्रमुखसँग भर्चुअल मिटिङ गरेँ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, वैशाख १६, २०७८

नयाँ भेटिएन्टको कोरोना भाइरस संक्रमण प्रदेश १ मा पनि बढ्दो छ। पहाडी जिल्लाको तुलनामा तराईका जिल्लाहरुमा संक्रमण दर दैनिक बढिरहेको छ। भारतसँग सीमा जोडिएका स्थानीय तह कोरोना संक्रमणको बढी चपेटामा छन्। कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले कसरी काम गरिरहेको छ त ? प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईसँग नेपाल समयका नेत्र पी अधिकारीले गरेको कुराकानीः

triton college

प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कसरी काम गरिरहेको छ ?

कोरोना संक्रमणको दोश्रो लहर शुरु भएसँगै प्रदेश सरकारले यसको नियन्त्रणका लागि  काम गरिरहेको छ। शुरुवाती दिनमा तयारी थोरै ढिला भए पनि प्रदेश सरकारले अहिले अहोरात्र काम गरिरहेको छ। हामीले कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौं। विराटनगरमा १८० अक्सिजनयुक्त बेड, भेन्टिलेटर सहितको अस्पताल तयारी अवस्थामा छ। अस्पतालमै अक्सिजन प्लान्ट जडानको काम भएको छ। कोभिड अस्पताल पुनः सञ्चालनका लागि थोरै काममात्र बाँकी थियो। सानो–सानो काम बाँकी थियो।

सबै सकिएको छ। अहिले प्रदेश सरकारको प्राथमिकता भनेकै कोभिड नियन्त्रण हो। यो महत्वपूर्ण कार्यका लागि प्रदेश सरकारले काम गरिरहेको छ। कोरोना संक्रमण बढे पनि स्वास्थ्य मापदण्ड पालना नभएको पाइएपछि हामीले प्रदेशभर जनस्वास्थ्यको मापदण्ड पालनाका लागि सचेतनामूलक काम शुरु गरेका छौं। सामाजिक संघ संस्थाहरुसँग सहकार्य गर्दै अभियानको थालनी गरिएको छ। विराटनगरबाट जनचेतनामूलक अभियानको थालनी भएको छ। यो अभियान प्रदेशभर चल्नेछ। 

कोभिड अस्पताल तयारी अवस्था रहेको बताउनुभयो। यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन कसरी गरिएको छ ?

corrent noodles
Metro Mart

हामीले कोभिड अस्पतालका लागि आवश्यक जनशक्ति, डाक्टर, नर्सको व्यवस्थापन गरिसकेका छौं। कर्मचारीमा पनि कुनै समस्या छैन। केही दिनअघि कोभिड अस्पतालका कर्मचारीले आन्दोलन गरे भनेर यहाँले सुन्नुभयो होला। वास्तवमा त्यो कुनै आन्दोलन थिएन। उहाँहरुको गुनासो सुन्नेबित्तिकै मैले मुख्यमन्त्रीसँग परामर्श गरी समस्या समाधानका लागि निर्देशन दिएँ। मन्त्रालयबाट कर्मचारीहरु गएर तत्काल समस्या समाधान गर्नुभयो। कर्मचारीहरुमा कुनै समस्या छैन। उहाँहरु निरन्तर काममा हुनुहुन्छ।  जनशक्ति थप्ने काम पनि भइरहेको छ। कोभिड अस्पतालमा जनशक्तिको अभाव नहोस् भनेर हामीले काम गरिरहेका छौं।  

जिल्ला स्तरमा कोरोना नियन्त्रणका लागि कस्तो काम भइरहेको छ ?

कोरोना संक्रमण प्रदेशका जिल्लाहरुमा पनि क्रमशः फैलने क्रममा छ। जिल्लास्तरमा पनि संक्रमण बढ्दै गएपछि मैले जिल्ला समन्वय समितिका प्रमुख र जिल्ला अस्पतालका प्रमुखसँग भर्चुअल मिटिङ गरेँ। उहाँहरुलाई कोभिड नियन्त्रणका लागि आवश्यक तयारी गर्न भनेको छु। उहाँहरुले तयारी गर्ने बताउनु भएको छ। मैले छिटो तयारी गर्न र यसअघि सञ्चालन गरिरहेका आइसोलेसन सेन्टर, उपचार केन्द्रहरुलाई तयारी अवस्थामा राख्न निर्देशन पनि दिएकी छु।

संक्रमण बढ्दै गएपछि व्यवस्थापनमा समस्या हुने भएकाले अहिले नै तयारी गर्न भनिएको छ। उहाँहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर कामलाई निरन्तरता दिन भनेको छु। अन्तर जिल्लाका सिमानाहरुमा पनि हेल्थ डेस्क राख्न, अन्तर जिल्ला सिमानामा होल्डिङ सेन्टर राख्न र एन्टिजेन परीक्षणको काम अघि बढाउन आवश्यक निर्देशन भएको छ। 

भारतसँग सिमाना जोडिएका स्थानबाट आवत–जावत नियन्त्रणमा आएन भन्ने कुरा छ नि ?

पहिले त्यस्तो थियो। सिमा क्षेत्रबाट ह्वारह्वार्ती नेपाल प्रवेश गरेको थाहा पाएपछि मैले सिमा क्षेत्रको अनुगमन गरेँ। म अनुगमनमा जाँदा मुख्य नाकामा नेपाल प्रवेश गर्नेको संख्या न्यून देखे‌। मलाई विश्वास लागेन। त्यसपछि सिमा क्षेत्रका बस्तीका चोरबाटोबाट ह्वारह्वार्ती नेपाल प्रवेश गरेको देखेपछि सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई तत्काल नियन्त्रणका लागि निर्देशन दिएँ। मैले मुख्य नाकाबाटै नेपाल प्रवेशको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छु। अहिले पहिलेको जस्तो अवस्था छैन। धेरै नियन्त्रणमा आएको छ। 

कोरोना नियन्त्रणका लागि बजेटको प्रवन्ध कस्तो छ ?

कोभिड नियन्त्रणका लागि बजेटको कुनै समस्या छैन। मैले थप बजेटका लागि पनि प्रदेश सरकारसमक्ष भनेकी छु। कोभिड नियन्त्रणका लागि आवश्यक बजेट छ। बजेटको कुनै समस्या छैन।

प्रदेश सरकारले निजी क्षेत्रसँग कसरी सहकार्य गरिरहेको छ ?

कोरोना नियन्त्रण कार्य सरकार एक्लैबाट सम्भव छैन। यसमा सबैको सहकार्य आवस्यक छ। सवैको साथ सहोगबाट हामी कोरोनालाई परास्त गर्न सक्छौं। हामीले कोरोना नियन्त्रणका लागि निजी क्षेत्रसँग पनि सहकार्यको लागि आह्वान गरेका छौं। निजी क्षेत्रका सवै निकायहरुलाई आह्वान गरिएको छ। कोभिडसँग जुध्नका लागि सवै पक्ष जुट्न आवश्यक छ। सबै एक भयौं भने नियन्त्रण सम्भव छ।

सवै पक्षसँगको समन्वयकारी भूमिकाबाट मात्रै कोरोनाको रोकथाम गर्न सकिन्छ। एउटा पक्षबाट मात्र यो कार्य सम्भव छैन। हामीले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पतालहरुसँग पनि सहकार्यको प्रस्ताव गरेका छौं। उहाँहरुले काम गरिरहेको अवस्था पनि छ। 


 

प्रकाशित: Apr 29, 2021| 06:35 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...