सोमबार, कात्तिक १०, २०८२

यस्तो छ आजको दिनभरिको मौसम

 |  सोमबार, कात्तिक १०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०८२
Kumaribank
Metro Mart

काठमाडौं- हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना  रहेको छ।

त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। गण्डक र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ।

प्रकाशित: Oct 27, 2025| 07:14 सोमबार, कात्तिक १०, २०८२
प्रतिक्रिया दिनुहोस्