आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना विरुद्धको लडाइँमा राष्ट्रसंघको सहयोग लिन भारतद्वारा अस्वीकार  

कोरोना विरुद्धको लडाइँमा राष्ट्रसंघको सहयोग लिन भारतद्वारा अस्वीकार  

भारतले कोरोना विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघको सहयोग लिन अस्वीकार गरेको छ। 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

National life

काठमाडौं– भारतले कोरोना विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघको सहयोग लिन अस्वीकार गरेको छ।  राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसका उपप्रवक्ता फरहान हकले समाचार एजेन्सी पीटीआईसँग भारतले सहयोगको प्रस्ताव अस्वीकार गरेको बताएका छन्। 

‘हामीले कोरोनासँग जोडिएका सामानको आपूर्तिमा आवश्यक सहयोग गर्ने भनेका थियौं। तर, भारतले यस्तो सहयोग आवश्यक नभएको र पहिलेदेखि नै ‘सप्लाइ चेन’ बलियो रहेको बतायो। हामी अहिले पनि सहयोगका लागि तयार छौं,’ उनले भनेका छन्। 

संयुक्त राष्ट्रसंघले अहिले भने भारतसँग सम्पर्क गरिरहेको र सहयोगका लागि सधैं तयार रहेको उनको भनाइ छ। उनले भारतमा कोरोना महामारीको संकट गहिरिएको र त्यसलाई राष्ट्रसंघले नियालिरहेको बताए।  बीबीसी

प्रकाशित: Apr 29, 2021| 06:31 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।