काठमाडौं – चिकित्सा शिक्षा आयोगले वैदेशिक अध्ययन अनुमतिपत्र वितरणको कार्य स्थगित गरेको छ। आयोगले सूचना जारी गर्दै कोरोना महामारी फैलिएको र आजबाट निषेधाज्ञा जारी भएको भन्दै वैदेशिक अध्ययन अनुमतिपत्र वितरणको कार्य स्थगतन गरेको जनाएको हो।
आयोगले अर्को सूचना नआएसम्मको लागि सो कार्य स्थगन गरेको जनाएको छ। साथै आयोगले एमडी/एमएसको र्याप अप म्याचिङ कार्यक्रम स्थगन गरेको छ।
यसअघि आयोगले बैशाख ९ गतेको सुचना अनुसार बैशाख १७ गते भौतिक रुपमा कार्यक्रम गर्ने बताइएपनि निशेधाज्ञाका कारण कार्यक्रम स्थगत गरिएको हो।

