आइतबार, असोज ११, २०८३

अक्सिजनजन्य सामग्रीको आयातमा पूरै कर छुट 

सरकारले अक्सिजनजन्य सामग्रीको आयातमा पूर्ण रुपमा कर छुट दिने निर्णय गरेको छ। 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं‐ सरकारले अक्सिजनजन्य सामग्रीको आयातमा पूर्ण रुपमा कर छुट दिने निर्णय गरेको छ। 

अर्थ मन्त्रालयको सिफारिसमा वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले अक्सिजनको प्रयोगका लागि चाहिने सामग्री आयातमा कर छुट दिएकाे हाे। 

नेपालमा अक्सिजन उत्पादन गर्ने उद्योगका लागि चाहिने कच्चा पदार्थ, मेसिन, सिलिन्डर, पाइप, भल्भ, कन्टेनरलगायत सामग्रीको आयातमा अब कर लाग्नेछैन।

अर्थ मन्त्रालयका अनुसार सरकारले अक्सिजनजन्य वस्तुको आयातमा भन्सार पनि नलिने भएको छ। पछिल्लो समय कोभिड ‐१९ को संक्रमण बढ्दै गएपछि नेपालमा अक्सिजनको समस्या हुन सक्ने भन्दै सरकारले अक्सिजनजन्य सामानको आयातमा कर छुट दिएको हो। 

प्रकाशित: Apr 29, 2021| 06:47 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्