काठमाडौं- काठमाडौंको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा ६१ प १५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका-१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको बिहीबार बिहान मृत्यु भएको हो।
बुधबार राती दुर्घटना हुँदा गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा नेपाल नेसनल अस्पताल कलङ्कीमा बिहीबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -रासस