सुर्खेत - सुर्खेतमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नरहरी नाथ गाउँपालिकाका–९ का ७३ वर्षीय पुरुष छन्।
उनको प्रदेश अस्पतालमा उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्शन डाक्टर केएन पौडेलले जानकारी दिए।
योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ। सुर्खेतमा बैशाखयता मात्रै ८ संक्रमितले ज्यान गुमाइसकेका छन्। यस्तै कर्णाली प्रदेशभर हालसम्म कूल ७ सय ७ संक्रमितको मृत्यु भइसकेको छ।