सरकारले १० महिना बितिसक्दा पनि पुँजीगत खर्च जम्मा एकतिहाइ मात्र गरेको छ। कोरोना कहरकै बीचमा ल्याएको बजेट खर्च गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा उल्टै सरकारले खर्च बढाउन सकेको छैन।
आन्दोलनका कार्यक्रमअन्तर्गत शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिडविरुद्धको खोप लगाउन र बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्न माग गर्दै शिक्षामन्त्री र अर्थमन्त्रीलाई एसएमएस पठाइने भएको छ।
रुडुक नेपालकी केन्द्रीय महासचिव तथा नेपाल हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष ज्योत्सना साउदले सुदूरपश्चिममा चार थान अक्सिजन कन्सनट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग गरेकी छन्।