बुधबार, भदौ १०, २०८३

महोत्तरीमा थप तीन काेराेना संक्रमितकाे मृत्यु

महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज बिहान कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

महाेत्तरी - महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज बिहान कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।

याे सँगै जिल्लामा मृतकको संख्या २२ पुगको छ। कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताइन्। 

उनका अनुसार आज जिल्लाको गौशाला नगरपालिका-४ का ४० वर्षीय, औरही नगरपालिका–७ का ५५ वर्षीय र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुषकाे  मृत्यु भएकाे हाे। 

तीनै जनाको क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ भएर विभिन्न आइसोलेसन कक्षमा उपचार भइरहेको थियो। मृतक तीनैजनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। 

आज बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय संक्रमितको संख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेसन केन्द्रमा उपचार गराइरहेका छन्।

त्यसैगरी ६ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताइन्। रासस

प्रकाशित: May 16, 2021| 04:20 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।