पर्सा - पर्सामा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराका ६, पर्साका तीन, रौतहट र सर्लाहीका एक-एक जना छन्। कोरोना महामारीले कतिपय बिरामी उपचारविना नै मरिरहेको बिरामीका कुरुवाहरूले जनाएका छन्।
मृत्यु हुनेमा बारागढी गाउँपालिका-२, दउरवाका ४२ वर्षीय पुरुष, पर्सा जगरनाथपुर गाउँपालिका-६ का ८६ वर्षीय पुरुष, बंकुल रौतहटकी ३५ वर्षीय महिला, बारा निजगढ-७ का ४३ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका-२ बाराका ६० वर्षीय पुरुष, बेलहिया-५ बाराका २५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै वीरगंज महानगरपालिका-१०, भिष्वा पर्साका ६२ वर्षीय पुरुष, बारा प्रसौनी गाउँपालिका-५ का ४६ वर्षीय पुरुष, पचरौता-५ सर्लाहीका ४७ वर्षीय महिला, कलैया उपमहानगरपालिका-२५ बाराका ३८ वर्षीय महिला र वीरगंज महानगरपालिका-१९ मिथिलानगर पर्साका ४४ वर्षीय पुरुषकाे पनि मृत्यु भएकाे नारायणी अस्पतालले जनाएको छ।