आइतबार, वैशाख २७, २०८३

अक्सिजन किन्न हास्य कलाकार राजाराम पौडेलको सहयोग

हास्य कलाकार राजाराम पौडेलले अक्सिजन खरिदका लागि महावीर पुनको नेपाल आविश्कार केन्द्रलाई १ लाख सहयोग गरेका छन्। 
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

National life

काठमाडौं - हास्य कलाकार राजाराम पौडेलले अक्सिजन खरिदका लागि महावीर पुनको नेपाल आविश्कार केन्द्रलाई १ लाख सहयोग गरेका छन्। 

उनले अक्सिजन खरिदमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउँदै अरुलाई पनि सहयोग गर्न आग्रह गरका छन्। स्वास फेर्न पैसा नभइ अक्सिजननै चाहिने भएले सबैले अक्सिजनको व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने पौडेलको धारणा छ।

उनले केन्द्रको बैंक खातामा रकम जम्मा गरेको जानकारी पुनलाई दिएका थिए। पौडेलले सामाजिक सन्जालमा लेखेका छन्, 'कोरोनाको कारण धेरै नेपाली दाजुभाइ, दिदी बहिनीले ज्यान गुमाइरहनु भएकोछ, पैसाको कारण भन्दा पनि अक्सीजन नपाएकाले धेरैको ज्यान गइरहेकोछ। मस्तीष्कमा लाग्यो पैसाले स्वास फेर्न सकिँदो रहेनछ, स्वास फेर्न अक्सीजननै चाहिँदो रहेछ। त्यसैले अक्सीजनको व्यवस्था गर्न विश्वासिलो र आफ्नो सम्पूर्ण जीवन समाज सेबामा अर्पण गर्नु भएका डा. महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई आफूले सकेको सहयोग अर्पण गरेको छु। सम्पूर्णलाई पनि सहयोगको लागि अनुरोध गर्दछु।'

प्रकाशित: May 16, 2021| 06:05 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्