शुक्रबार, वैशाख २६, २०८२

सुदूरपश्चिममा कोरोना : मृत्युदर उकालो लाग्दै, संक्रमणमुक्त हुने दर ओरालाे लाग्दै

कोरोनाको दोस्रो लहरसँगै सुदूरपश्चिममा संक्रमितको मृत्युदर उकालो लाग्दै गएको छ। 
 |  आइतबार, जेठ २, २०७८
nespernesper

भीम चौधरी

भीम चौधरी

आइतबार, जेठ २, २०७८

vianetvianet

धनगढी - कोरोनाको दोस्रो लहरसँगै सुदूरपश्चिममा संक्रमितको मृत्युदर उकालो लाग्दै गएको छ। कोरोनाको पहिलो लहरमा प्रदेशमा कोरोना संक्रमितको मृत्युदर ०.४० थियो। 

triton college

चैत ३० गतेको तथ्यांकअनुसार सुदूरपश्चिममा १४ हजार २०९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५८ जनाको मृत्यु भएको थियो। सो अवधिसम्म १४ हजार ५४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका थिए।

तर, कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको मृत्यु दर उकालो लाग्दै गएको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ। 

प्रदेशमा शनिबारसम्म कोरोना संक्रमितको मृत्युदर १.१४ पुगेको छ। शनिबारसम्म प्रदेशमा ३३३ संक्रमितको मृत्यु भएको छ। 

आरटीपीसिआर प्रविधिबाट २४ हजार ५१० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १७६ जनाको मृत्यु भएको छ, जुन मृत्युदर ०.७६ प्रतिशत आउँछ। एन्टिजेन प्रविधिबाट चार हजार ६९८ जनामा संक्रमण पुष्टि भएकोमा १५७ जनाको मृत्यु भएको छ, जुन ३.३४ प्रतिशत हो।

National life insurance

वैशाख यता प्रदेशमा २७५ जनाले ज्यान गुमाएका छन्। वैशाखको १७ गतेसम्म प्रदेशमा २३ जनाको मृत्यु भएको थियो। सोभन्दा पछि शनिबारसम्म २५२ जनाले ज्यान गुमाएका छन्। 

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा वैशाख १८ गते १०, १९ मा १२, २० मा १४, २१ मा ८, २२ मा ११, २३ मा १७, २४ मा १३, २५ मा १५, २६ मा २२, २७ मा २२, २८ मा ३१, २९ मा १४, ३० मा १७, ३१ मा ३० जना र जेठ १ गते १६ को मृत्यु भएको छ।

संक्रमणमुक्त हुने दर घट्यो

प्रदेशमा कोरोना संक्रमितको निको हुने दर ओरालो लाग्दै गएको छ। चैतअघि प्रदेशमा निको हुने दर ९८.३० रहेकोमा हाल ओरालो लाग्दै ६३.२० मा झरेको छ। २९ हजार २०८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा हालसम्म १८ हजार ४६१ जना मात्र निको भएका छन्। 

प्रदेशमा सक्रिय संक्रमित दर भने उकालो लाग्दै आएको छ। कोरोनाको पहिलो लहरमा नगण्य मात्रामा रहेको कोरोनाको सक्रिय संक्रमित दर हाल ३५.६५ प्रतिशत छ। हाल १० हजार ४१४ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: May 16, 2021| 06:33 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्