बुधबार, भदौ १०, २०८३

एमालेका युवा नेता नवराज शंकरको कोरोनाबाट मृत्यु 

कोरोना संक्रमणबाट नेकपा एमाले इलामका युवा नेता तथा दलित मुक्ति आन्दोलनका अगुवा नवराज शंकरको मृत्यु भएको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं – कोरोना संक्रमणबाट नेकपा एमाले इलामका युवा नेता तथा दलित मुक्ति आन्दोलनका अगुवा नवराज शंकरको मृत्यु भएको छ।

एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको थियो। तीन दिनदेखि आईसीयूमा उपचाररत उनको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ। 

उनी एमालेको इलाम जिल्ला कार्यालय सचिवमा थिए भने दलित मुक्ति आन्दोलको अभियान्ताका रुपमा परिचित थिए।

प्रकाशित: May 16, 2021| 03:42 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।